संसद्मा हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ। आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यस्तो माग राखेका हुन्।
बिज्ञापन
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राखेको छ। ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा समेत नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने बताए। यो विषयमा संसद्मा गम्भीर छलफल हुनुपर्ने माग उनले राखे।
बिज्ञापन
सुधारका लागि उनले हजार र पाँच सयका नोटमा समेत प्रतिबन्ध लगाउनुपर्ने माग राखेका हुन्। ‘हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रिय/अन्तर्राष्ट्रिय साख र विश्वसनीयता स्थापना गर्न आजसम्मका चर्चित भ्रष्टाचार कान्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरौं,’ उनले भने। यो अपरिहार्य भएको उनले दोहोर्याए।








