होमपेज > २९ अङ्कले बढ्यो नेप्से, ७ अर्बमाथिको कारोबार

२९ अङ्कले बढ्यो नेप्से, ७ अर्बमाथिको कारोबार

बिज्ञापन
बिज्ञापन

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो ।

बिज्ञापन

आज तीन सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार आठ सय ६२ कित्ता शेयर ७६ हजार तीन सय ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५६ करोड ८२ लाख २६ हजार एक सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिज्ञापन

आज म्युचुअल फण्ड उपसमूहको उपसूचक शून्य दशमलव १५ र व्यापार समूह शून्य दशमलव २६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा वित्त समूह दुई दशमलव शून्य एक, लगानी दुई दशमलव १८ र अन्य समूह दुई दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।

बैंकिङ र वित्त समान शून्य दशमलव ८२, होटल तथा पर्यटन एक दशमलव ४१, जलविद्युत् एक दशमलव ५४, जीवन बिमा शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बिमा शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

बिज्ञापन

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा प्रभु स्मार्ट फण्डको शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६९ करोड १९ लाख ७७ हजार चार सय ११ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रमोटर शेयर आठ लाख ५० हजार आठ सय नौ कित्ता किनबेच भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते