काठमाडौंको बत्तिसपुतलीबाट ३६ लाखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
स्रोत नखुलेको रकमसहित बुधबार साँझ चार जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। उनीहरू हुण्डी कारोबारी रहेको आशंका प्रहरीले गरेको छ। पक्राउ परेकाहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। केही समयमा विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।
बिज्ञापन
यसअघि सिनामंगलबाट ६८ लाखसहित चारै जनालाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको थियो। जसमा राजकुमार माली, प्रवेश कुमार पौडेल, युवराज सुवेदी र एक किशोर पक्राउ परेका थिए।
प्रदेश ३–०१–०२२ च १०७२ नम्बरको कारमा सवार रकम बोकेर हिँडेको अवस्थामा उनीहरू पक्राउ परेका थिए।








