होमपेज > ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

बिज्ञापन
बिज्ञापन

नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिज्ञापन

जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

बिज्ञापन

यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?