जाजरकोटमा सुख्खा पहिरो जाँदा चार जना घाइते भएका छन्। जाजरकोटको नलगाड नगरपालिका–१०, घ्यारगाउँमा सुख्खा पहिरो जाँदा चार जना घाइते भएका हुन्।
बिज्ञापन
आइतबार बिहान विश्व खाद्य कार्यक्रमको आर्थिक सहायतामा सञ्चालित खानेपानी परियोजनामा गिट्टी कुट्ने कार्य भइरहेको बेला माथिबाट अचानक आएको सुख्खा पहिरो खस्दा चार जना मजदुरहरू घाइते भएका छन्। पहिरोमा परी घाइते हुनेहरूमा ५० वर्षीया कलधरी नेपाली, ४५ वर्षीया डम्मरीकुमारी बोहरा, ४५ वर्षीया लाल सरी नेपाली र ३० वर्षीया कमला बिक रहेका जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए।
बिज्ञापन
घाइतेको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।








