होमपेज > उच्च सरकारी वकिल कार्यालय पाटनले रविलाई थुनामै राख्न माग गर्दै निवेदन दिने तयारीमा

उच्च सरकारी वकिल कार्यालय पाटनले रविलाई थुनामै राख्न माग गर्दै निवेदन दिने तयारीमा

बिज्ञापन
बिज्ञापन

उच्च सरकारी वकिलको कार्यालय पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने माग राखेर निवेदन दिने भएको छ।

बिज्ञापन

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख धरौटी माग गरेको थियो। जिल्ला अदालतको उक्त आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालत पाटनमा निवेदन दिने तयारी भइरहेको स्रोतले बतायो। यसबारे सम्भवतस् यही शुक्रबारभित्र निवेदन दिने सरकारी वकिल कार्यालयको तयारी छ।

बिज्ञापन

सहकारी ठगी र संगठित अपराध कसुरमा सजाय माग गरी गत पुस २१ गते लामिछानेविरूद्ध मुद्दा दायर भएको थियो। माघ २ गते अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यसमा तीन वर्षभन्दा बढी सजाय मागदाबी भएको घटनामा पुर्पक्षका लागि थुनामै राख्नुपर्ने जिकिर सरकारी वकिलको छ।

‘तीन वर्षभन्दा बढी सजाय माग भएको छ। ठगी र संगठितमा कसुर मागदाबी गरिएको हो। तीन वर्षभन्दा बढी माग भएकोमा पुर्पक्षका लागि थुनामै राख्‍नुपर्ने भन्दै निवेदन दिन लागिएको हो,’ स्रोतले भन्यो। ठगी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग भएको थियो। त्यस्तै संगठित अपराध अनुसार थप सजाय माग भएको थियो।

बिज्ञापन

यसअघि माघ ७ गते नै सूर्यदर्शन सहकारीको बचत अपचलनमा रविसहित ७ जनाविरूद्ध उच्च अदालत पोखरामा जिल्ला अदालत कास्कीको निर्णय उल्ट्याउन माग गर्दै निवेदन दर्ता भइसकेको छ। धरौटी माग गरी साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष गर्न रविले पनि निवेदन दिएका थिए।

जिल्ला अदालत कास्कीले भने सुर्यदर्शन सहकारी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते