होमपेज > बस र मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु, त्रिशूली-काठमाडौं सडकखण्डमा अवरोध

बस र मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु, त्रिशूली-काठमाडौं सडकखण्डमा अवरोध

बिज्ञापन
बिज्ञापन

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको छ।

बिज्ञापन

मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँका अनुसार अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको छ।

बिज्ञापन

‘यहाँका स्थानीय र मृतकका आफन्तले बाटो अवरोध गरिरहनुभएको छ,’ बानियाँले अनलाइनखबरसँग भने, ‘हामी वार्ताको प्रयास गरिरहेका छौं।’

गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे एक आपसमा ठोक्किएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?