राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत प्रसाईंलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनले पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको अख्तियारले जनाएको छ।
बिज्ञापन
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।
अख्तियारले प्रसाईंविरुद्ध आइतबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जनाएको छ।
बिज्ञापन








