होमपेज > अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषणा: १३ हजारभन्दा बढी सर्वसाधरणको ६१ करोड अपचलन

अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषणा: १३ हजारभन्दा बढी सर्वसाधरणको ६१ करोड अपचलन

बिज्ञापन
बिज्ञापन

सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो।

बिज्ञापन

मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अन्य समस्यामा रहेका सहकारीको विषयमा पनि अध्ययन भइरहेको बताए। ‘पहिलो चरणमा हामीले अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छौँ,’ उनले भने, ‘बाँकी समस्यामा रहेका सहकारीहरूलाई पनि क्रमशः घोषणा गरेर समस्या समाधानको पहल गर्छौँ।’ अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगर अहिले पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ भने पक्राउ परेका कतिपय अरू सञ्चालकहरू धरौटीमा रिहा भएका छन्।

बिज्ञापन

उक्त सहकारीको रकम अपचलनमा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बू (अमृता सुब्बा) पनि संलग्न छिन्। सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको मुद्दा छ। इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले विराट चोक, विराटनगर र दमकका १३ हजारभन्दा बढी सर्वसाधरणको ६१ करोड बढी बचत अपचलन गरेको कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए।

कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो। उक्त समिति गठन भएको पाँच दिनपछि अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो। कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त संस्था वा संघको रूपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न व्यवस्थापन समिति गठन गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते