होमपेज > मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीय गन्तव्य तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ।

बिज्ञापन

शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको सो सेवाको शुभारम्भ अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै तिलिचो क्षेत्रमा फोरजी सेवा सुरु भएकोमा खुशी व्यक्त गरे।

मन्त्री खरेलले दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तारका लागि सरकार निरन्तर काम गरिरहेको बताउँदै, “आज तिलिचो क्षेत्रमा फोरजी सेवा सुरु हुनु सरकारको डिजिटल पहुँच विस्तार प्रयासको ठोस उपलब्धि हो,” भने।

बिज्ञापन

उनले टेलिकम, स्थानीय जनप्रतिनिधि र समुदायलाई धन्यवाद दिंदै, “दुर्गम क्षेत्रमा भ्वाइस र डेटा सेवा पुर्‍याउने लक्ष्यअनुसार काम भइरहेको छ, यसले स्थानीयवासी र पर्यटक दुबैलाई सुविधा पुर्‍याउनेछ,” भने।

नेपाल टेलिकमले तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस (Base Transceiver Station) स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। करिब ४,३५० मिटर उचाइमा रहेको तिलिचोताल जाने रुटमा सेवा विस्तारसँगै अब त्यहाँका स्थानीय र पदयात्रीहरूले स्थिर मोबाइल नेटवर्क र इन्टरनेट सुविधा पाउने भएका छन्।

यससँगै, टेलिकमले दोलखाको च्छोरोल्पा ट्रेकिङ रुटको अन्तिम बस्ती नागाउँमा पनि भीएसएटी प्रविधिमार्फत भ्वाइस सेवा सञ्चालनमा ल्याएको छ।

४,१९० मिटरको उचाइमा रहेको नागाउँ साइटमार्फत च्छोरोल्पा, दूधकुण्ड, यालुङ बेस क्याम्प र टासीलेप्चा पास बेस क्याम्प क्षेत्रका स्थानीय र पर्यटकहरूलाई सञ्चार सम्पर्क तथा आपतकालीन उद्धार कार्यमा सुविधा पुग्ने टेलिकमले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते