शेयर बजारमा उछाल आएको छ। लामो समयपछि बजारमा उछाल आएको हो।
बिज्ञापन
कारोबारको सुरुदेखि नै बजारमा आएको उछाल अन्तिम समयसम्म पनि कायमै रह्यो। बजार मापन गर्ने सूचक ६९.८० अंकले बढेर परिसूचक २७२७.५८ बिन्दु कायम भएको छ। ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँको कारोबार भएको छ।
बिज्ञापन
कारोबारमा २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ। कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ। कारोबारमा ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।








