काठमाडौँ महानगरपालिकामा ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ।
बिज्ञापन
बुधवार ११८ वटा सहकारीका ६,२६६ बचतकर्ताले महानगरपालिकाको सहकारी विभागमा सो निवेदन दिएका हुन्। बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ।
बिज्ञापन
महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन्।








