होमपेज > नेपाली विद्यार्थीमाथि गरिएको ठगी नियन्त्रण सरकारले गर्नुपर्छ: सांसद प्रतिमा गौतम

नेपाली विद्यार्थीमाथि गरिएको ठगी नियन्त्रण सरकारले गर्नुपर्छ: सांसद प्रतिमा गौतम

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परीक्षा पास गरिसकेका विद्यार्थीहरूलाई अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिज्ञापन

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले जापान जाने विद्यार्थीले भिसा पाइसकेको अवस्थामा पनि परीक्षा दिन लगाइएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् । अधिकारवादीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको बताउँदै उनले नेपाली विद्यार्थीमाथि गरिएको ठगी नियन्त्रण सरकारले गर्नुपर्ने बताइन् ।उनले यो अनधिकृत सिन्डकेट तुरुन्तै खारेज गर्न र यसमा संलग्नहरूमाथि कारबाही गर्न माग गरेकी छन् । सांसद गौतमले वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन पनि माग गरिन् ।

बिज्ञापन

’म आज जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनासँग जोडिएको सिन्डिकेट बारेमा ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्, ’जान नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य उजागर भएको छ । यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन’ उनले भनिन् ।

‘हाम्रा युवा भिसा लिएर पनि विदेश जान पाएका छैनन् । ठूलो लगानी गरेर भाषा पास गरेका, सीओई पाएका, तर फेरि नेपालमै रोकिएर अनावश्यक परीक्षा दिन बाध्य ती युवाहरू अहिले हतास, निराश र आक्रोशित छन्,’ उनले थपिन्, ’उनीहरूको आत्मबल कमजोर बनाइएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ । हजारौँ युवाको रोजगार सपनासँग जोडिएको यो विषयमा सरकार टुलटुल हेरेर चुप रहन मिल्दैन’ उनले भनिन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते