होमपेज > ई-सेवा १६औँ वर्षमा प्रवेश

ई-सेवा १६औँ वर्षमा प्रवेश

बिज्ञापन
बिज्ञापन

डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराइरहेको ई-सेवा लिमिटेड १५ वर्ष पूरा गरी आज (जनवरी २५) देखि १६औँ वर्षमा प्रवेश गरेको छ।

बिज्ञापन

सन् २०१० जनवरी २५ मा नगदरहित कारोबार सुरु गरेको ई-सेवाले आफ्नो यात्रा १६ वर्षमा प्रवेश गरेको अवसरमा आगामी दिनमा सेवा विस्तार गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत आगामी दिनमा भुक्तानी मात्र नभई बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य लिइएको ई-सेवाले जनाएको छ।

बिज्ञापन

ई-सेवाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ: आफ्ना सेवाग्राहीको आर्थिक उत्थानका लागि म्युचुअल फन्ड तथा लगानीका विविध योजना पनि ल्याउने लक्ष्यमा दत्तचित्त भएर काम गरिरहेको छ- ई-सेवाले. अहिले मर्चेन्टलाई मात्र प्रदान गर्दै आएको इजिलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत ई-सेवाको लक्ष्य छ।

यस्तै एआई प्रयोग गरी ठगी र संदिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागू गर्ने बाटोमा पनि ई-सेवा लागेको विज्ञप्तिमा उल्लेख छ। यसअन्तर्गत अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ अगाडि बढ्न चाहेको कम्पनीले जानकारी गराएको छ।

बिज्ञापन

डेढ दशक अघिसम्म नेपालमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो। बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षाका हिसाबले नगद कारोबार जोखिमयुक्त थियो। त्यस्तो अवस्थामा ‘डिजिटल वालेट’को सोच आफैँमा अनौठो र उत्तिकै चुनौतीपूर्ण थियो। भौगिलिक विविधताका कारण केही दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नभएको र थुप्रै ठाउँमा बढ्दो चोरी तथा लुटपाटको डरजस्ता कारण नगद कारोबार पनि असहज थियो।

वित्तीय संस्थामा लामो लाइन लागेर गरिने आर्थिक गतिविधि आफैँमा अत्यासलाग्दो थियो। यहीबीच स्थापित ई(सेवाले ‘लाइनबाट अनलाइन’ भुक्तानी गर्ने प्रणालीको विकास गरेको विज्ञप्तिमा जनाइएको छ। हिमाल, पहाड र तराईमा गरी ७५३ क्षेत्रमा ई(सेवाले सेवा दिइरहेको छ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको ई-सेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट थियो। तर, सन् २०१२ देखि ई(सेवा छुट्टै कम्पनीका रूपमा स्थापना भएको हो। यसै वर्ष ई-सेवाले एजेन्ट नेटवर्क पनि सुरु गरेको छ। ई-सेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो। अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्सको टिकट ई-सेवामार्फत लिन सकिन्छ।

सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’समेत प्राप्त गरेको ई-सेवाले सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रूपमा इजाजतपत्र पाएको हो।

नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिने ई-सेवाले इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिंक सुविधा दिइरहेको छ।

चार कर्मचारीबाट सुरु भएको कम्पनीले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी दिइरहेको ई-सेवाले जनाएको छ। ई-सेवाले अहिले २ हजारभन्दा बढी सेवा दिइरहेको छ।

ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पनि पठाउन सकिन्छ। ई-सेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते