होमपेज > रिसोर्टमा आगलागी हुँदा ७६ जनाको मृत्यु, ५१ जना घाइते

रिसोर्टमा आगलागी हुँदा ७६ जनाको मृत्यु, ५१ जना घाइते

बिज्ञापन
बिज्ञापन

टर्कीको एक रिसोर्ट होटलमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ।

बिज्ञापन

टर्कीको बोलुमा मंगलबार बिहान १२ तले ग्रान्ड कार्टल होटलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहान साढे ३ बजेदेखि सुरू भएको आगलागी करिब १२ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो। चिसो मौसमका कारण दमकलहरू आउन ढिलाइ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यकहरूले जनाएका छन्। आगलागी हुँदा होटलमा २३८ जना अतिथि थिए।

बिज्ञापन

आगो लाग्न सुरू हुँदा अलार्म पनि नबजेका कारण धेरैले आगलागी भएको थाहा नै पाउन नसकेको भनेर एकजना घाइतेलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। धेरै मानिसहरूको निसास्सिएर मृत्यु भएको र मृत्य भएकाहरुको पनि पहिचान गर्न कठिनाइ भइरहेको बताइएको छ। आगालागीमा परी ५१ जना घाइते भएका छन्।

आगलागीपछि होटलको कयौंले होटलको झ्यालबाट हामफालेर ज्यान बचाएका थिए। एक जना त होटलको ११ औं तल्लाबाट हामफालेको भनेर प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएका छन्। हामफालेर जिउ जोगाएकाहरुको उपचार भइरहेको छ। आगलागीको घटनापछि रिसोर्टका मालिकसहित ९ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

टर्कीमा बुधबार शोक बिदा दिइएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते