होमपेज > आज रूपन्देही अदालतमा रवि लामिछाने उपस्थित नहुने

आज रूपन्देही अदालतमा रवि लामिछाने उपस्थित नहुने

बिज्ञापन
बिज्ञापन

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणका प्रतिवादी रास्वपा सभापति रवि लामिछाने आज सोमबार अदालतमा उपस्थित नहुने भएका छन्।

बिज्ञापन

रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा आज रुपन्देही जाने पूर्व तयारीमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने काठमाडौंमै रोकिएका हुन्। आइतबार ढिलो गरी रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफैं उपस्थित हुने तयारीमा थिए।

बिज्ञापन

आइतबार ढिला मात्रै मुद्दा दर्ता भएकाले सोमबार बुटवल जान सम्भव नभएको लामिछानेको सचिवालयमा रहेका अविनाश आचार्यले बताए। उनका अनुसार लामिछानेले आज कानुनविद्सँग सल्लाह गर्दैछन्। सम्भवतः उनी आज साँझसम्म रुपन्देही जाने र मङ्गलवार बिहान सुरुमै अदालतमा उपस्थित हुनेगरी तयारी भइरहेको छ। सरकारी वकिलको कार्यालयले आइतबार लामिछोसहित १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो। अभियोग पत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ।

लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ । प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो। यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो। त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो।

बिज्ञापन

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीवी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको जानकारी दिए। सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको  । यो नयाँ मुद्दा हो। सरकारी वकिलको कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबारै अदालत लगेको थियो। लामिछानेसहितको पूरक अभियोजन आइतबार मात्र अदालत पठाएको हो।

सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जना बचतकर्ताले रविसहितविरुद्ध जाहेरी दिएका थिए। जसमा सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको प्रहरी अनुसन्धानमा देखाइएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते