सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कमाएको २२ करोड ४३ लाख रुपैयाँको तुलनामा यो नाफा ३१.९० प्रतिशतले धेरै हो ।
बिज्ञापन
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १७।८५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै छ ।
बिज्ञापन
चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर ७ रुपैयाँ ८७ पैसा ९वार्षिक० पुगेको छ ।







