चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। यसअवधिमा खुद नाफा १४.३४ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँ कायम भएको छ। गत वर्षको यसैअवधिमा यसले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बिज्ञापन
१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ। यसको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड कायम भएको छ। बैंकको सञ्चालन नाफा पनि २.२० प्रतिशतले बढेर ३ अर्ब १८ करोड भएको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपनि इम्पेयरमेन्ट चार्ज भारी मात्रामा बढ्दा नाफा घटेको हो।
बिज्ञापन
यता, बैंकको खराब कर्जा ०.८९ प्रतिशत विन्दुले बढेर ४.९६ प्रतिशत कायम भएको छ। बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ २२ पैसाले घटेर १९ रुपैयाँ २८ पैसा कायम भएको छ। यसको प्रतिशेयर नेटवर्थ १६२.६४ रुपैयाँ छ।
पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ छ। यसको जगेडा कोषमा १० अर्ब ३१ करोड रुपैयाँ छ। यसको वितरणयोग्य नाफा भने १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।
बिज्ञापन








