डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तर बैंक टेलर QR कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।
बिज्ञापन
यस सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ । यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई
आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ ।
बिज्ञापन
साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क/ FYC सटही भ’क्तानीका लागि पनि उपयोगी हुनेछ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।








