होमपेज > ज्योति विकास बैंकद्वारा रोल्पाको घर्तिगाउँ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा रोल्पाको घर्तिगाउँ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

बिज्ञापन
बिज्ञापन

ज्योति विकास बैंकले रोल्पा जिल्लाको माडी गाउँपालिका–२ स्थित घर्तिगाउँ स्वास्थ्य चौकीलाई जीवनरक्षक ‘बेबी वार्मर’ मेसिन हस्तान्तरण गरेको छ।

बिज्ञापन

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न र हाइपोथर्मियाको जोखिमबाट जोगाउन प्रयोग हुने उक्त मेसिन प्रदान गरेको हो। बैंकले रोल्पा जिल्लाको घर्तिगाउँसँगै, गुल्मीको पुर्तिघाट र स्याङ्जाको अर्जुनचौपारी हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ।

बिज्ञापन

बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीको नेतृत्वमा सो उपकरणहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। स्वास्थ्यकर्मीहरूलाई बेबी वार्मरको सही प्रयोगबारे विज्ञमार्फत विशेष तालिम पनि दिइएको थियो। बैंकले सामाजिक उत्तरदायित्व प्रयोजनका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत हालसम्म देशभर ६२ वटा बेबी वार्मर वितरण गरेको जनाएको छ।

ग्रामीण क्षेत्रमा हाइपोथर्मिया दर उच्च रहेको र यसको प्रतिकूल असर शिशुहरूको जीवितदरमा देखिने तथ्यलाई मध्यनजर गर्दै बैंकले दुर्गम भेगका हेल्थ पोस्टहरूमा सेवा विस्तार गर्दै आएको हो। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा, ३ वटा एक्सटेन्सन काउन्टर र ७५ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते