नेपाली सेनाको अधिकृत हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय राजु कार्की रहेका छन्।
बिज्ञापन
उनले आफू नेपाली सेनाको अधिकृत रहेको भन्दै सुनका गरगहना धितो राखी रकम दिन भनी आफूसँग भएको जग्गा जमिन नामसारी गर्दिन्छु भन्दै तिन लाख ठगी गरेको प्रहरीले जनाएको छ।
बिज्ञापन
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।








