होमपेज > काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घट्यो

काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घट्यो

बिज्ञापन
बिज्ञापन

काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

बिज्ञापन

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकामा आज ह्वात्तै घटेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। ‘हिजो काठमाडौंको आकाशमा बादल लागिरहेको थियो। त्यसकारण न्यूनतम तापक्रम घट्न पाएन। त्यसको तुलनामा आज कम छ त्यसकारण न्यूनतम तापक्रम घटेको हो,’ मौसमविद् मानन्धरले भनिन्।

बिज्ञापन

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो। त्यसअघि पनि न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा भन्दा केही कम अथवा केही बढी मापन भएको थियो। ‍ मौसमविद् मानन्धरले देशभरिको तापक्रम घट्दो क्रममा रहेको बताइन्। ‘पुसको महिना सबैभन्दा चिसो महिना हो। स्वभाविक रूपमा न्यूनतम तापक्रम घट्छ। माघको दोस्रोरतेस्रो हप्तापछि लागेपछि न्यूनतम तापक्रम बढ्ने क्रम सुरू हुन्छ,’ उनले भनिन्। भोलि साँझदेखि वर्षा र हिमपातको सम्भावना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको पनि मौसमविद् मानन्धरले जानकारी दिइन्।

काठमाडौंमा बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते