हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरेको हो ।
बिज्ञापन
उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएकी हुन् । गत असार १३ गते विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरेपछि श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी जिम्मेवारी दिइएको थियो ।
बिज्ञापन
यसअघि श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् ।







