लागु औषध गाँजासहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २२१ के. जी. ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो।
बिज्ञापन
धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडिबाट भिमफेदी गाउँपालिका २ का २४ वर्षीय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए।
बिज्ञापन
मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडिपट्टिको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरी ल्याउँदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।








