कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। सोमबार साँझ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१२, भाईरल रोडमा सुप्रप०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
बिज्ञापन
सो दुर्घटनामा चालक कैलाश सिंह साउद र पछाडि सवार गणेश विष्ट गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले प्रारम्भिक जाँचपछि दुबै जनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।
बिज्ञापन
उनीहरु दोधराबाट महेन्द्रनगरतर्फ जाँदै थिए। अनियन्त्रित भई सडकको डिभाइडरमा रहेको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान थालेको छ।








