होमपेज > दुई महिनामै अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

दुई महिनामै अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

बिज्ञापन
बिज्ञापन

दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ ।

बिज्ञापन

कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सङ्कटग्रस्त बैंक फर्स्ट रिपब्लिकनलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन चेस एन्ड कम्पनीले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको अधिग्रहण गरेको हो ।

बिज्ञापन

जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ । यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको घोषणा गरिएको थियो । फर्स्ट रिपब्लिक बैँक अमेरिकाको चौधौँ ठूलो बैंक हो । यो बैँक टाट पल्टिएको घोषणापछि विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ ।

आठ राज्य, ८४ शाखा
अमेरिकाका आठ राज्यमा फस्ट रिपब्लिक बैंकका ८४ वटा कार्यालय जेपी मोर्गन चेस बैंकको शाखाका रूपमा पुनः खुल्ने छन् । यसपछि फस्ट रिपब्लिक बैंकका ग्राहक स्वतः जेपी मोर्गनका डिपोजिटर बन्ने छन् । अर्थात्, फस्ट रिपब्लिक बैंकका ग्राहकको पैसा सुरक्षित हुनेछ ।

बिज्ञापन

रिपब्लिकका ग्राहकको क्षति व्यहोर्न अमेरिकी नियामक निकायको इस्योरेन्स फन्डले १३ अर्ब डलर भुक्तानी गर्नुपर्ने हुन्छ । जेपी मोर्गन र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिंगल फेमिली र व्यापारिक ऋणको घाटा सँगसँगै रिकभरीलाई पनि साझा गर्नेछन् । जेपी मोर्गनले फस्ट रिपब्लिकको सम्पूर्ण सम्पत्ति अधिग्रहण गर्ने बताइएको छ ।

रिपब्लिकसँग कति सम्पत्ति ?
१३ अप्रिलसम्म फस्ट रिपब्लिक बैंकको कुल सम्पत्ति २३० अर्ब डलरभन्दा बढी थियो । यस्तै, जम्मा भएको रकम १०४ अर्ब डलर थियो । जेपी मोर्गनबाहेक रिपब्लिक बैंक अधिग्रहण गर्न बोलकबोल गर्ने सिटिजन फाइनान्सियल ग्रुप, पिएनसी फाइनान्सियल सर्भिसेज ग्रुप, युएस बैंककर्प र बैंक अफ अमेरिका सहभागी थिए ।

सेयरमा ओरालो यात्रा
सन् १९८५ मा स्थापित फस्ट रिपब्लिक बैंक अमेरिकाको १४औं ठूलो बैंक थियो । गत मार्चमा उक्त बैंकको सेयर ९७ प्रतिशतसम्म गिरावट आयो । मार्चमा प्रतिकित्ता एक सय २२ डलर रहेको सेयर अहिले ३.५१ डलरमा झरेको छ ।

किन डुब्यो?
अमेरिकाकै सिलिकन भ्याली र सिग्नेचर बैंकझैं फस्ट रिपब्लिक बैंक डुब्नुको कारण तरलता व्यवस्थापन रहेको बुझिएको छ । फेडेरल रिजर्भले महँगीसँग जुझ्न ब्याजदरमा तीव्र बढोत्तरी गरेको छ । यसको प्रत्यक्ष प्रभाव अमेरिकाका बैंकिङ क्षेत्रमा परेको देखिन्छ । बैंकका अधिकांश ग्राहकले बिमा नगरिएको रकम निकालेका थिए । अमेरिकामा अढाई लाखसम्मको रकम एफडिआइसीमार्फत बिमा हुने प्रावधान छ ।

गत हप्ता रिपब्लिक बैंकले सूचना जारी गर्दै सन् २०२३ को पहिलो त्रैमासमा ग्राहकले १०२ अर्ब डलर निकालेको बताएको थियो । सन् ०२२ को अन्त्यतिर बैंकको डिपोजिट १७६ अर्ब डलर बराबर थियो । अर्थात्, ग्राहकले डिपोजिटको आधाभन्दा बढी रकम निकालेका थिए । यही क्रममा बैंकले ९२ अर्ब डलर ऋण समेत लियो । तर, यति हुँदाहुँदै पनि सरकारले अधिग्रहण गर्ने बाहेक कुनै उपाय देखिएन । फस्ट रिपब्लिकका अधिकांश ग्राहक स्टार्टअप इन्डस्ट्रीका छन् ।

त्यसो त रिपब्लिक बैंक पछिल्ला केही वर्षमा कैयौँपटक खरिद–बिक्री भएको छ । सन् २००७ मा मेरिल लिन्च एन्ड कम्पनीले १.८ अर्ब डलरमा अधिग्रहण ग¥यो र अधिग्रहणको एक वर्षपछि बैंकको स्वामित्व बैंक अफ अमेरिकामा आयो । यस्तै, सन् २०१० मा १८६ अर्ब डलरमा जनरल एटलान्टिक र कोलोनी क्यापिटलसहित अन्य इन्भेस्टमेन्ट फर्मले यसलाई खरिद गरी पब्लिक गरे ।

आर्थिक मन्दीको चिन्ता
रिपब्लिक बैंकको पतनले आर्थिक मन्दीको चिन्ता थप बढाउने देखिएको छ । अर्थशास्त्री एवं विश्लेषकले सिलिकन भ्याली बैंकको असफलताबाट सुरु भएको उथलपुथलले बैंक र लगानीकर्तालाई सचेत गराएको बताएका छन् । यो सतर्कताले ऋण लिन कठिन र महँगो बन्न सक्ने उनीहरूको बुझाइ छ । यसो भएको खण्डमा व्यापार विस्तारको गति सुस्त हुनुका साथै हायरिङ पनि कम हुनेछ ।

नेपालसम्मै तरंग, तर प्रभाव पर्दैन
अमेरिकामा बैंक टाट पल्टिए पनि त्यसको प्रभाव नेपालका बैंकमा नपर्ने बैंकर भुवन दाहाल बताउँछन् । ‘अमेरिकाका ठूला बैंक डुब्नुको कारण ब्याजदर जोखिम व्यवस्थापन नहुनु हो,’ दाहाल भन्छन्, ‘फेडेरलले अचाक्ली ब्याजदर बढाएपछि यो स्थिति आएको हो । सिलिकन भ्याली बैंकले त गभर्मेन्ट ट्रेजरीमै लगानी गरेको थियो ।’

दाहालका अनुसार नेपालमा अमेरिकाको जस्तो उच्च ब्याजदर छैन, जसले गर्दा जोखिम कम देखिन्छ । ‘नेपालले अमेरिकाको बैंक बन्ड किनेको भए डुब्न सक्ने अवस्था हुन्थ्यो,’ दाहाल थप्छन्, ‘तर, त्यो अवस्था छैन । नेपालको रेमिट्यान्स छ, ब्याजदर कम छ । यी कारणले पनि बैंक नै टाट पल्टिने सम्भावना कम देख्छु ।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते