होमपेज > सुशीला कार्की प्रधानमन्त्री बन्ने निश्चित, भोलि बिहानै शपथ

सुशीला कार्की प्रधानमन्त्री बन्ने निश्चित, भोलि बिहानै शपथ

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

काठमाडौं । आज बेलुकी शीतल निवासमा भएको महत्वपूर्ण छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुगेका छन्।

बिज्ञापन

संविधानको कुनै धारामा आधारित नभई “आवश्यकताको सिद्धान्त” अनुसार यस्तो निर्णय हुने भएको स्रोतले जनायो। यससँगै बाहिर फैलिएका हल्ला खारेज हुने र गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपति पौडेल आफ्नो कार्यकालभर शीतल निवासमै रहने निश्चित भएको बताइएको छ।

संसद विघटन नहुने र संविधान पनि विद्यमान अवस्थामा कायम रहने स्पष्ट संकेत राष्ट्रपति कार्यालयले दिएको छ। स्रोतका अनुसार भोलि बिहान ९ बजेसम्ममा आवश्यकताको सिद्धान्तका आधारमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरी शपथ गराइनेछ।

बिज्ञापन

शीतल निवासको अघिल्लो भाग अघिल्लो आगलागीले क्षतिग्रस्त भए पनि पछाडिपट्टि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पालामा बनेको नयाँ भवनमा राष्ट्रपति पौडेल निरन्तर बस्दै आएका छन्। त्यही निवासमै आज भएको घनिभूत छलफलपछि राजनीतिक दलहरूको सहमतिसहित सुशीला कार्कीलाई खिलराज रेग्मीको नमूनामा सरकारको नेतृत्व दिने निष्कर्ष निकालिएको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते