नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ।
बिज्ञापन
एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले विजेताको पुरस्कार एक करोड ११ लाख रुपैयाँ पाउने घोषणा गरेको हो। प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ। यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ।
बिज्ञापन
कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरू भएको एनपीएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।








