होमपेज > बाढीका कारण ९ जनाको मृत्यु, १३ हजारबढी विस्थापित

बाढीका कारण ९ जनाको मृत्यु, १३ हजारबढी विस्थापित

बिज्ञापन
बिज्ञापन

दक्षिणी थाइल्यान्डमा भारी वर्षा पछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताएका छन्।

बिज्ञापन

स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ। “दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१ घरपरिवारलाई प्रभावित गरेको तथा एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेज मार्फत जनाएको छ। विस्थापितहरुलाई विद्यालय तथा मन्दिरहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरी स्थानान्त्रण गरिएको स्रोतले जनाएको छ। तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिको बारेमा चिन्तित रहेको बताउनु भएको छ।

बिज्ञापन

नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालहरूले बाढीले चिकित्सा सुविधाहरूलाई क्षति पुग्ने भएकाले असपतालका सेवा स्थगित गरेका छन्। छिमेकी उत्तरी मलेसियामा, वर्षाले यस हप्ता कम्तिमा ८० हजार मानिसहरूलाई अस्थायी आश्रयमा सार्न बाध्य पारेको बताउदै विपद् अधिकारीहरूले कम्तिमा चार जनाको मृत्यु भएको बताएको पुष्टि गरेका छन्। थाई मौसम विभागले आगामी हप्तासम्म देशको दक्षिणका केही क्षेत्रहरूमा भारी वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ। सरकारले प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली तैनाथ गरेको छ भने प्रत्येक प्रान्तका लागि बाढी राहतमा १.७ मिलियन डलर तोकिएको छ।

थाई प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले शुक्रबार सामाजिक सञ्जाल एक्समा “सकेसम्म चाँडो सामान्य स्थिति पुनःस्थापित गर्ने“ लक्ष्य रहेको बताउनु भएको छ। वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले मौसम ढाँचामा परिवर्तन निम्त्याइरहेको जनाउदै यसले विनाशकारी बाढीको सम्भावना बढ्ने बताएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते