होमपेज > यी ५ खानेकुरा खानुस् गर्मीमा, शरीरमा पानीको कमी हुने छैन

यी ५ खानेकुरा खानुस् गर्मीमा, शरीरमा पानीको कमी हुने छैन

बिज्ञापन
बिज्ञापन

गर्मी सुरु भइसकेको छ। तापक्रम बिस्तारै बढ्दै गइरहेको छ। आगामी केही हप्ताहरूमा गर्मीको प्रभाव देखिन थाल्नेछ। गर्मीमा तापक्रम बढी हुँदा शरीरमा पसिना आउँछ र यसले डिहाइड्रेसन निम्त्याउँछ।

बिज्ञापन

बिज्ञापन

त्यसैले गर्मी मौसममा प्रशस्तै पानी पिउनु पर्छ। पानीले हाम्रो शरीरलाई राम्रोसँग काम गर्न मद्दत गर्छ। पानीको कमीले शरीरको तापक्रम बिग्रन सक्छ र शरीरमा विषाक्त तत्त्वहरू जम्मा हुन सक्छन्। यसैकारण हामीले गर्मीमा आफ्नो शरीरमा उचित हाइड्रेसन कायम राख्ने प्रयास गर्नुपर्छ।

बिज्ञापन

खानाबाट हाम्रो शरीरले लगभग २० प्रतिशत पानी प्राप्त गर्छ। बाँकी ८० प्रतिशत पानी पिएरै पूर्ति गर्नु पर्छ। तपाईँले कम पानी पिउने गर्नु हुन्छ भने आफ्नो खानामा पानीको मात्रा धेरै भएका खानेकुराहरू समावेश गर्नुहोस्। गर्मीमा शरीरमा पानीको मात्रा कायम राख्न सही खानेकुरा खानु धेरै महत्त्वपूर्ण हुन्छ।

केही तरकारी र फलफूलमा ९० प्रतिशतसम्म पानी हुन्छ। तिनीहरूलाई खाँदा शरीरको हाइड्रेसन सुधार गर्न मद्दत गर्छ। आजको यस लेखमा हामी शरीरमा पानीको कमीलाई हटाउन सक्ने यस्ता केही खानेकुराहरूबारे कुराकानी गर्नेछौँ।

-यी हुन् ती खानेकुरा, जानाै यस्का बारेमा:

१-काँक्रोः

काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ। यसलाई पानीको मात्रा सबैभन्दा बढी भएको खानेकुरा मानिन्छ। यसको स्फूर्तिदायी स्वाद गर्मीमा धेरै फाइदाजनक हुन्छ। दैनिक काँक्रो खाँदा मानिसहरूलाई हाइड्रेटेड रहन मद्दत मिल्छ।

२-मूलाः

मुलालाई प्रायः सलाद वा अचारको रुपमा खाइन्छ। यसमा ९५ प्रतिशत पानी हुन्छ। मूलामा पानी त प्रशस्त हुन्छ नै यो भिटामिन सी र फाइबरको राम्रो स्रोत पनि हो। गर्मीमा मूला खानाले शरीरलाई स्वस्थ र हाइड्रेटेड राख्न मद्दत मिल्छ।

३-गोलभेँडा

हरेक मौसममा खाइने गोलभेँडा गर्मीमा बढी फाइदाजनक मानिन्छ। गोलभेँडामा ९४ प्रतिशत पानी हुन्छ। यसमा लाइकोपीन नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले हाम्रो कोषहरूलाई क्षति हुनबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ।

४-खरबुजाः

गर्मीमा खरबुजा खानु सबैभन्दा फाइदाजनक मानिन्छ । खरबुजामा लगभग ९२ प्रतिशत पानी हुन्छ। खरबुजा पोषक तत्वहरूले भरिपूर्ण हुन्छ, जसको कारणले गर्दा यसले हाइड्रेसन त कायम राख्छ नै स्वास्थ्यमा पनि सुधार ल्याउँछ।

५-स्ट्रबेरीः

पानीको हिसाबले स्ट्रबेरी धेरै फाइदाजनक मान्न सकिन्छ। यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ। स्ट्रबेरीमा पानी, फाइबर र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गर्मीमा यो स्वास्थ्यकर हुन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते