कैलालीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको छ।
बिज्ञापन
करिब ६ ग्राम लागुऔषध खैरो हेरोइन र लागुऔषधका रुपमा प्रयोग हुने ३ सय चार ट्याब्लेट प्रतिबन्धित औषधिसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल शाही, घनगढी उपमहामगरपालिका–१३ बस्ने २३ वर्षीय प्रविण राना, लम्कीचुहा नगरपालिका–४ बस्ने २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धीरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
बिज्ञापन
उनकाअनुसार शाहीको साथबाट चार ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइन, रानाको साथबाट एक ग्राम ३१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ भने जैशी र चौधरीको साथबाट ८० ट्याब्लेट ट्रमाडोल, २० ट्याब्लेट ट्याबस्पामिड र १६ ट्याब्लेट ट्याब एभिल बरामद गरिएको छ।








