राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ। निषेधित क्षेत्रमा नाराबाजी गर्न गरिरहेका ७ जना रास्वपा कार्यकर्तालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। त्यही क्षेत्रमा नाराबाजी गरेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ परेका हुन्।
बिज्ञापन
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर शुक्रबार रविलाई कास्की ल्याइएको हो। मंगलबार कास्कीबाट जहाजबाट भैरहवा पुर्याइएका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई सुप्रिम सहकारीको रकम हिनामिनामा पनि जोडिएको भन्दै बयान लागि बुटवल लगिएको थियो।








