बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज (शुक्रबार) बिहान पोखरा फर्काइँदै छ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले भैरहवा विमानस्थलबाट अहिले बिहान ७:४० बजेको उडान भए पनि मौसम अलि सफा नभएकाले ढिला भइरहेको जानकारी दिइन्। ‘मौसम खुल्नेबित्तिकै उहाँ पोखरा प्रस्थान गर्नुहुन्छ’, डीएसपी खनालले भनिन्।
बिज्ञापन
हिजै पोखरा फर्काउने तयारी रहे पनि बेलुका अबेरसम्म बयान चलेकाले लामिछाने रुपन्देहीमै रोकिएका हुन्। जिल्ला सरकारी वकिलको कार्यालयमा रविसँग प्रहरीले तीन दिन लगाएर लिएको बयान बिहीबार राति सकिएको हो। उनलाई पोखरा लैजान बिहीबार साँझ ६:३० को उडान तय गरिएको थियो।
तर उनको बयान सकेर सहीछाप गराउँदा राति ८ बजिसकेको थियो।








