बिज्ञापन
नेपाली बजारमा आज सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दु — २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो। सो मूल्यबाट आजको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर देखिएको छ। महासङ्घका अनुसार, चाँदी आज प्रतितोला ३ हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
बिज्ञापन
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस ४ हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। सोही बजारको उतारचढावले नेपाली बजारमा समेत प्रभाव पारिरहेको व्यवसायीहरूको भनाइ छ।








