होमपेज > कैलालीकी एक महिला साइबर अपराधको आरोपमा पक्राउ

कैलालीकी एक महिला साइबर अपराधको आरोपमा पक्राउ

बिज्ञापन
बिज्ञापन

सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गरी आघात पुर्याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए।

बिज्ञापन

उनले भने, “निजकुमारी जानकी बागटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँमा ल्याइ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब महानिरीक्षक अर्यालले बताए।

बिज्ञापन

पक्राउ परेकी निज बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको केन्द्रीय साइबर ब्यूरो काठमाडौँले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते