होमपेज > ‘पप्पु कन्स्ट्रक्सन’ ले बनाएको कमला नदीको भासिएको पुलको पुनर्निर्माण गरिने

‘पप्पु कन्स्ट्रक्सन’ ले बनाएको कमला नदीको भासिएको पुलको पुनर्निर्माण गरिने

बिज्ञापन
बिज्ञापन

हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनर्निर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ बीच मङ्गलबार आगामी असार अगावै पुलको सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको हो । सम्झौताअनुसार भासिएको कमला पुलको पुनर्निर्माणको काम तीव्रताका साथ हुने निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

बिज्ञापन

‘पुल पुनर्निर्माणमा विविध समस्या थिए, हामीले निर्माण कम्पनीसँग बसेर कार्ययोजना बनाएका छौँ’, प्रमुख महतोले भने, ‘सोही कार्ययोजनाअनुसार तोकिएकै समयमा पुलको बाँकी निर्माण कार्य सम्पन्न हुन्छ ।’ कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनर्निर्माणको काम गत मंसिरबाटै सुरु भए पनि आर्थिक सङ्कटका कारण सुस्त रहेको थियो ।

बिज्ञापन

‘भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङ्को काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक सङ्कट हुन गई निर्माण कार्य ढिला हुन गयो’, थापाले भने, ‘अब यो कार्ययोजना सम्झौताले पुल पुनर्निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।’ विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।

पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लार्ई हटाएर ‘लुम्बिनी बिल्डर्स’ लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । यही बीचमा विसं २०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुलको पुनर्निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठको निर्देशनपछि निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनर्निर्माण गर्ने गरी काम सुरु गरेको थियो ।

बिज्ञापन

कमला नदीमा बढेको पानीको बहावका कारण पुल पुनर्निर्माणको काम असार नलाग्दै रोकिएको थियो । तराई मधेसको ‘लाइफ लाइन’ का रूपमा हेरिएको हुलाकी लोकमार्ग मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्ग अन्तर्गत कमला पुल समयमा नबन्दा वर्षौंदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते