होमपेज > हाइस र बस ठोकिँदा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)

हाइस र बस ठोकिँदा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)

बिज्ञापन
बिज्ञापन

नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

बिज्ञापन

अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको विद्युतीय हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख. २८१२ नम्बरको बस ठोक्किँएका हुन्।

बिज्ञापन

प्रवक्ता रिजालका अनुसार बिहान ३ बजे भएको दुर्घटनामा विद्युतीय गाडीमा सवार यात्रुको मृत्यु भएको हो। मृतक गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङबाहेक अरुको पहिचान खुलिसकेको छैन। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भारतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर पालिका ९ का सूर्य विक्रम विष्टलाई नियन्त्रणमा लिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते