झापाको गौरीगञ्ज गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बिज्ञापन
मे ८ प ८८९५ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी सवा ९ बजे गौरीगञ्ज बजारमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगञ्ज गाउँपालिका- ४ बस्ने ३० वर्षीय रोशन मगरको मृत्यु भएको हो। उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा राति साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
बिज्ञापन
मोटरसाइकलमा सवार गौरीगञ्ज गाउँपालिका- २ का ३२ वर्षीय श्याम राजवंशी घाइते भएका छन् । उनको लाइफलाइन अस्पतालमै उपचार भइरहेको प्रहरीले








