होमपेज > तीन मन्त्रीहरूले आज शपथग्रहण गर्दै

तीन मन्त्रीहरूले आज शपथग्रहण गर्दै

बिज्ञापन
बिज्ञापन

लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्दैछन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एकजना मन्त्रीलाई बुधवार मन्त्री पदमा नियुक्त गरेका थिए।

बिज्ञापन

कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेश कुमार अग्रवाललाई उनले मन्त्री नियुक्त गरेका हुन् । थपिएका तीनैजना मन्त्रीको शपथ आज हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उनीहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले शपथ ग्रहण गराउने छन्। बर्दियाबाट निर्वाचित कांग्रेसका तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलपरासीबाट निर्वाचन कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

यसअघिका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि वन मन्त्रालय रिक्त रहेको थियो । यसै गरी जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसबाट मन्त्री नियुक्त भएका तिमिल्सिना पहिलो चरणमै मन्त्री बन्ने सुचीमा थिए । तर उनलाई अन्तिम समयमा शपथ खुवाइएको थिएन।

बुधबार सरकारमा तीन मन्त्री थपिए पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन। प्रदेशमा एक मन्त्रालय अझै रिक्त छ। अहिले ११ सदस्यीय मन्त्रिपरिषद् बनेकोमा यो प्रदेशमा १२ मन्त्रालय छन्। अहिले प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त छ। यो मन्त्रालय साना दललाई दिने तयारी मुख्यमन्त्रीको छ। तर मन्त्रालयमा दाबी गरिरहेका नागरिक उन्मुक्ति र लोसपाबाट कसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा मुख्यमन्त्री अनिर्णित छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते