होमपेज > चिनी उत्पादन अनुपातमा ह्रास

चिनी उत्पादन अनुपातमा ह्रास

बिज्ञापन
बिज्ञापन

गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ। सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ। गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रब्धक सुरेन्द्र शुक्लाले बताए।

बिज्ञापन

उद्योगले यसवर्ष लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ। गत मङ्सिर २६ गते सुरु भइ फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरिएको शुक्लाले बताए। गत वर्ष उद्योगले २९ लाख चार हजार ५१२ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन गरेको थियो।

बिज्ञापन

उखु क्रसिङ् र चिनी उत्पादनको परिमाण बढी देखिएपनि चिनी उत्पादनको अनुपात घटेको उद्योगले जनाएको छ। यसवर्षको उखुबाट चिनी उत्पादन अनुपात घट्नुको कारण खोजि भइरहेको उनले बताए। किसान भने हिउँदमा पानी नपर्दा चिनी उत्पादन घटेको हुनसक्ने बताउँछन्। गत बर्खामा पनि अनुकूल वर्षा नहुनुले उत्पादन अनुपात घटेको हुनसक्ने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले बताए।

यसवर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ् गरी तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो। तर उखु अभाव भएपछि चैतभरि चल्ने क्रसिङ् फागुन मसान्तसम्म मात्र चलेको महाप्रबन्धक शुक्लाले जानकारी दिए। किसानले उखुको उचित मूल्य नपाउँदा उत्पादन वृद्धि हुन सकेको छैन।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते