होमपेज > हवाई उडानको क्षेत्र सहज बनाउने कुरामा सरकार लागि परेको छ: उड्डयनमन्त्री पाण्डे

हवाई उडानको क्षेत्र सहज बनाउने कुरामा सरकार लागि परेको छ: उड्डयनमन्त्री पाण्डे

बिज्ञापन
बिज्ञापन

हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरूले सरकारको आलोचना गरिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भाडादरलाई न्यायोचित बनाउने बताएका छन् । उनले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताएका हुन्।

बिज्ञापन

नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताए। ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरूमाथि चाप पनि परेको छ। नागरिक उड्डयनप्रति चाप पनि परेको छ। त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरु आएका छन्। यसलाई कसरी न्यायोचित बनाउने? कसरी यसलाई तर्कपूर्ण बनाउने? कसरी रिजनेबल बनाउने? भन्ने कुरामा मन्त्रालय सुरुनै दिनदेखि ११/१२ गते ठूलो भीषण वर्षा भयो । हामीले १२ गतेनै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरूलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर काम गरिरहेका छौँ,’ उनले भने।

बिज्ञापन

उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताए । नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो। ‘अहिले पनि हामीले एयरपोर्ट संवद्ध टयाक्सी व्यवसायीहरूसँग पनि बसेर छलफल गरेका छौँ। राति प्लेन आउँछ। बिहानै प्लेन चढ्न आउनुपर्दछ । त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाइन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरूसँग पनि कुरा गरिरहेका छौँ । यात्रुहरूलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते