अरूण भ्याली हाइड्रोपावर कम्पनीले ३.१५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बिज्ञापन
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बिज्ञापन
कम्पनीले आगामी कात्तिक १४ गते हुने २७औं वार्षिक साधारण सभामा यो प्रस्ताव लैजाने भएको छ। कात्तिक ५ गते एक दिनको लागि बुक क्लोज मिति तय भएको छ।








