होमपेज > २० हजार लिटर डिजेलसहित डुब्यो जहाज

२० हजार लिटर डिजेलसहित डुब्यो जहाज

बिज्ञापन
बिज्ञापन

ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले कमजोर आर्कटिक पारिस्थितिकीय प्रणालीमा सम्भावित इन्धन चुहावटलाई रोक्न काम गरिरहेका छन् ।

बिज्ञापन

“हिजो राति स्थानीय समयानुसार करिब १ः४५ बजे एउटा जहाज नानोर्तालिक नजिकको चट्टानमा ठोक्कियो र पानीमा डुब्न थाल्यो”, ग्रीनल्यान्डिक प्रहरीले विज्ञप्तिमा भनेको छ । जहाज बिहान ७ बजे डुबेको थियो । तीस मिटर लामो जहाजको ट्याङ्कमा एक हजार लिटर इन्जिन तेलबाहेक करिब १५ हजारदेखि २० हजार लिटर डिजेल रहेको अधिकारीहरूले विश्वास गरेका छन् । जहाजको नाम र प्रकार खुलाइएको छैन ।

बिज्ञापन

अधिकारीहरूले यो चरणमा कुनै प्रदूषणको स्तर निर्धारण गर्न असम्भव रहेको बताए पनि इन्धन फैलावटलाई नियन्त्रणमा राख्नका लागि पम्प प्रयोग गरिरहेका छन् र साइटको चारैतिर ५० मिटरको परिधिमा तैरिने बुम राखेका छन् । जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ । यद्यपि तिनीहरूको सङ्ख्या वा राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते