हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिज्ञापन
आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिज्ञापन
महाशाखाका अनुसार राति बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी पहाडी भेगका एकऔदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।








