होमपेज > आईएमएफको प्रक्षेपण: भारत विश्वकै सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र

आईएमएफको प्रक्षेपण: भारत विश्वकै सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र

बिज्ञापन
बिज्ञापन

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षका लागि भारतको आर्थिक वृद्धि प्रक्षेपण ०.२ प्रतिशतले वृद्धि गर्दै भारतलाई विश्वकै सबैभन्दा छिटो बढ्दो अर्थतन्त्रको रूपमा औँल्याएको छ।

बिज्ञापन

आईएमएफको विश्व आर्थिक दृष्टिकोण वृद्धि प्रक्षेपण प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०२५–२६ मा भारतको वृद्धि दर ६.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ। उच्च अमेरिकी भन्सार दरहरूको बाबजुद भारतले यो उपलब्धि हासिल गर्ने प्रक्षेपण गरिएको हो।

बिज्ञापन

अमेरिकाले भारतबाट आयात हुने केही वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ। जुन ब्राजिल बाहेक विश्वमै सबैभन्दा उच्च हो। यद्यपि, भारतको आन्तरिक खपत, लगानी र सरकारी नीतिहरूको सकारात्मक प्रभावले आर्थिक वृद्धि उच्च रहने प्रतिवेदनमा उल्लेख गरिएको छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको वृद्धि दर ७.८ प्रतिशत रहेको थियो। प्रतिवेदनमा अन्य प्रमुख अर्थतन्त्रहरूको अवस्थाबारे पनि प्रकाश पारिएको छ। चीनको वृद्धि दर ०.२ प्रतिशतले घट्दै ४.८ प्रतिशत मा झर्ने अनुमान गरिएको छ।

बिज्ञापन

संयुक्त राज्य अमेरिकाको वृद्धि दर अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले घट्दै २.० प्रतिशत रहने प्रक्षेपण गरिएको छ। आईएमएफको प्रतिवेदनले भारतको स्थायीत्वपूर्ण आर्थिक नीति, पूर्वाधारमा लगानी, र उपभोग वृद्धि नै उच्च आर्थिक वृद्धिको मुख्य आधार रहेको उल्लेख गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते