आज विश्वकर्मा पुजा । वास्तु विद्याका विशिष्ट ज्ञाता एवं भगवानको रुपमा रुपमा विश्वकर्मा बाबाको पूजागरी यो दिनलाई मनाउने गरिन्छ ।
बिज्ञापन
कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी भव्यरुपमा यो दिनलाई निष्ठापूर्वक मनाउने चलन छ । उत्सवका साथ विश्वकर्मा बाबाको पूजा गरेपछि नदीमा लगी मूर्ति सेलाइन्छ । विश्वकर्मा पूजाका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामान, इन्जीन भएका सामानहरु, सवारी साधनहरुलाई समेत सफा गरेर पुजा गर्ने चलन छ ।
बिज्ञापन
यसरी पूजा गर्दा सामानहरु लामो समय टिक्ने, नबिग्रने र विश्वकर्माको अनुकम्पाले कुनै क्षति नहुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । त्यही बेलादेखि विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी पूजा आजा गर्ने परम्परा बसेको हो ।
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास रहेको छ ।








