होमपेज > आज लेखा र अर्थसहित संसदका पाँचवटा समितिको बैठक बस्दै

आज लेखा र अर्थसहित संसदका पाँचवटा समितिको बैठक बस्दै

बिज्ञापन
बिज्ञापन

संघीय संसदका पाँच वटा समितिको बैठक आज बस्दै छन् । आज सार्वजनिक लेखा, अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।

बिज्ञापन

सर्वजनिक लेखा समितिमा उद्योगहरूले तिर्न बाँकी विद्युतको बक्यौता र नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा काटेको बिजुली लाइनको विषयमा छलफल भइरहेको छ । समितिले उद्योगले तिर्न बाँकी बिलको प्रमाण प्राधिकरणसँग मागेको थियो । त्यसको प्रमाण प्राधिकरणले समितिमा पठाएको छ । त्यसपछि समितिको बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । त्यस्तै अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुनेछ भने विविध विषयमा पनि छलफल हुनेछ ।

बिज्ञापन

बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण सम्बन्धमा छलफल हुनेछ । त्यस्तै संसदीय अध्ययन तथा सुझाव समितिले पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन २०७१ ले वैकल्पिक ऊर्जाको रूपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । त्यस्तै पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिजको निवेदनमाथि छलफल हुनेछ भने विविध विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार र विविध विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेटलगायत तथा विविध विषयमा छलफल हुनेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते