होमपेज > कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कति जनालाई पर्‍यो?

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कति जनालाई पर्‍यो?

बिज्ञापन
बिज्ञापन

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीकाे आइपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएकाे हाे । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

बिज्ञापन

आइपीओमा कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको क्यापिटलले जनाएको छ । कुल आवेदन मध्ये १० लाख ४७ हजार ३ सय ५ जनाको योग्य आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हाे । जसअनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जसमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

बिज्ञापन

कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते