होमपेज > ९ वर्ष विदेशी भूमिमा रोजगार गरेर पुन: किन राेजे नेपालकैं फुटपात? (भिडियोसहित)

९ वर्ष विदेशी भूमिमा रोजगार गरेर पुन: किन राेजे नेपालकैं फुटपात? (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

सर्लाही घर भएका सुरेन्द्र महरा अहिले काठमाडौंको अनामनगरको सडकपेटिमा जुत्ता चप्पल सिलाउने काम गर्छन्। नौ वर्ष विदेशको यात्रापछि उनी पुन: जुत्ता सिलाउने काममा लागेका हुन्।

बिज्ञापन

बिज्ञापन

सुरेन्द्रको परिवारमा दुई छोरा र श्रीमान श्रीमती गरी ४ जना छन्। जेठो छोरा वेल्डिङको काम गर्दछन् भने कान्छा छोरा पढाई गरिरहेका छन्। उनले वैदैशिक रोजगारमा विदेशी भुमिमा नौ बर्ष रोजगार गरेपनि अहिले नेपालको सडक पेटिमा जुत्ता सिलाउने काम गर्दै आइरहेका छन्।

वि.स. २०७१ सालमा वैदेशिक रोजगारका लागी कतार गएको थिए। विदेश जानुभन्दा पहिले म काठमाडौंमा जुत्ता सिलाइको काम गर्दथे। ‘जुत्ता सिलाइको कामले घर खर्च चलाउन गाह्रो भएपछि विदेश जाने निर्णय गरे। विदेशमा कमाएको पैसाबाट मैले नेपालमा जमिन किने र घरपनि बनाएको छुँ’ महराको भने। उनले थपे  ‘विदेशमा काम गर्न कहाँ स्वदेशको जस्तो सजिलो हुन्छ, न त समयमा खाना हुन्छ न त समयमा तलब नै, काम पनि निकै गाह्रो हुन्छ।’

बिज्ञापन

‘वैदेशिक रोजगारको यात्रापछि म पुन: स्वदेश फर्किए। स्वदेशमा विदेश जानु अघिको सीप नै काम लाग्यो विदेशमा सिकेको कामको उचित ज्याला नपाएपछि मैले सडक पेटिमा जुत्ता सिलाउने काम गर्न थालेको हुँ’ उनले बताए। ‘अहिले दैनिक ५ सयदेखी १ हजारसम्म आम्दानी हुन्छ’ उनले भने।

‘बालेन शाह मेयर भएदेखी काम गर्न निकै सकस भएको छ। कहिलेकाहीँ नगर प्रहरी आउँदा व्यापार गर्दा गर्दै भाग्नु पर्ने स्थिति हुन्छ।’ ‘बालेन शाहले हामीजस्ता भुईँव्यापारीलाई एउटा निश्चित ठाउँको व्यवस्था गरेको खण्डमा हामीलाई व्यापार गर्न सजिलो हुने’ बिजनेश न्यूज नेपाल डटकमसँगको कुराकानीमा उनले भने।

दिनहुँ नेपालबाट रोजगारको लागी हजारौँ सङ्ख्यामा युवा शक्ति विदेशिरहँदा युवाहरूलाई विदेश नजान ऊनले आग्रह गरे। कर्म गरेमा नेपालमा पनि अवसर भएको भन्दै युवाहरूलाई नेपालमा नै पसिना बगाउन उनले सुझाव दिए।

-बिजनेश न्यूज नेपालको ‘व्यापार सन्दर्भ’ को पहिलो (एपिसोड) भाग-१: भिडियोमा हेर्नुहोस्:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते