मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
बिज्ञापन
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
बिज्ञापन
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
घाइतेहरूको नामावली
बिज्ञापन
१-जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।
२-जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।
३-जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि.क.सामान्य ।
४-जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने बस्ने वर्ष २७ की कृष्णा वि.क.सामान्य ।
५-जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।
६-जि.कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।
७-जि.कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।
८-जि.कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।
९-जि.बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।
१०-जि.कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।
११-जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।
१२-जि.दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।
१३-जि.कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।
१४-जि.बैतडी दशरथचन्द न.पा.२ बस्ने वर्ष ३७ को जनक बिजाली सामान्य ।
१५-जि.कन्चनपुर भीमदत्त न.पा.४ बस्ने वर्ष २३ को विनोद सार्की सामान्य ।
१६-जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने वर्ष ३३ को देवबहादुर भुल सामान्य ।
१७-जि.चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ को विपिन न्यौपाने मध्यम ।








